मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड विजयी

मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड विजयी

क्लब मैत्रीपूर्ण फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले  नर्वेको क्लब भालेरीङगालाई पराजित गरेको छ । आइतबार राती भएको खेलमा युनाइटेडले भालेरीङगालाई ३ – ० ले पराजित गरेको हो ।

ओस्लोमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मौरिनो फेल्लानी,  रोमेरो लुकाकू र स्कोट म्याकटोमिनेले समान एक एक गोल गरे । घरेलु  टोलि भालेरीङगालाई पराजित गर्ने क्रममा युनाइटेडका फेल्लानीले पहिलो  हाफको ४४ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ – ० ले अघि रहेको युनाइटेडले दोस्रो हाफमा थप दुइ गोल गर्यो । दोस्रो हाफको सुरुवातमै लुकाकूले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा युवा खेलाडी  म्याकटोमिनेले गोल गरेपछि युनाइटेडले ३ – ० को सहज जित पायो ।  युरोपियन फुटबलको नयाँ सिजन सुरुअघि तयारीका लागी युनाइटेड नर्वे  पुगेको हो । यसअघि युनाइटेड प्रि सिजनको लागि अमेरिकामा इन्टरनेसनल  च्याम्पियन्स कप खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्