मोटरसाइकल चोरी गरी आगो लगाएर जलाउने पक्राउ

मोटरसाइकल चोरी गरी आगो लगाएर जलाउने पक्राउ

राजविराज ।  सप्तरीको राजविराज–४ बाट मोटरसाइकल चोरी गरी आगो लगाएर जलाउने र विभिन्न ठाउँमा धनमाल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–६ बस्ने गोपी भन्ने १८ वर्षीय किसनकुमार राउत र हनुमानगर कङ्कालनी नगरपालिका–१४ रम्पुरा महल्हनीया बस्ने १९ वर्षीय पर्वतकुमार साह रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राजविराज– ९ बस्ने कृष्णकुमार यादवले रोकी राखेको स १ प ७९३१ नंको  मोटरसाइकल उनीहरुले चोरी गरी केही पर लगेर आगजनी गर्दा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

राजविराज–४ बस्ने रञ्जितकुमार साहको घरमा कोठा भाडामा बस्दै आएका विशाल सोनीको कोठाबाट नगद तथा जिन्सी मालसमान चोरी गर्नुका साथै लागुऔषध १०० थान नाइट्रोजनसहित हनुमाननगर कङ्कालिनी–१४ बस्ने साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका किसनकुमारको  घर नजिकबाट लुकाइछिपाइ राखेको मोबाइल दुई थान,  नगद रु सात हजार ४००, लत्ताकपडा र भाँडाकुँडालगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध चोरी, लागुऔषध तथा आगजनी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्