मोरङका विभिन्न स्थानसहित विराटनगरकाे ५ वटा वडाका ६ सय घर डुबानमा

मोरङका विभिन्न स्थानसहित विराटनगरकाे ५ वटा वडाका ६ सय घर डुबानमा

मोरङ, साउन २८ गते।
शुक्रबार बेलुका देखि लगातार वर्षाले मोरङका विभिन्न स्थान डुबानमा परेका छन्।
विराटनगर-४ स्थित आयल निगमको क्षेत्रिय कार्यालयको अन्दाजी १ सय मिटर कम्पाउण्डवाल भत्किएको छ भने विमानस्थल सुरक्षा गार्ड विराटनगरको भवन पुर्ण रुपमा डुबानमा परेको छ। उक्त स्थानाका प्रहरी कर्मचारी बिमानस्थलको कार्यालयमा सरिएको छ।
त्यस्तै रतुवामाई नगरपलिका-५ गोबिन्दपुरमा रहेको प्रहरी चौकी गोबिन्दपुर पूर्ण रुपमा डुबानमा परेकोले प्रहरी कर्चारी छतमा बसेको जानकारी प्राप्त भएको छ।
त्यस्तै विराटनगरका ४,५,६,११ र१२ नम्बर वडा पूर्ण रुपले डुबान भएकाले अन्दाजी ६ सय घर परिवारलाई आफन्त तथा सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ।
यता मोरङको रतुवामाई नगरपलिका ७,८,९ र ५ मा रतुवा खोला र बक्राहा खोलाको वाध फुटेर बस्तीमा पानी पसेको सुचना प्राप्त भएको छ। उक्त स्थानमा बिस्थापित भएका अन्दाजी ७ सय घर परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जानएको छ।
यस्तै धनपालथान गाउँपालिका-‍६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर अन्दाजी १ सय ५० घर डुबानमा परेका छन भने रंगेली नगरपलिका-३ आमतोलामा ४ घर डुबानमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्