मोरङको बुढीगंगा गाउँपालिकाबाट लागूऔषधसहित युवक पक्राउ

मोरङको बुढीगंगा गाउँपालिकाबाट लागूऔषधसहित युवक पक्राउ

मोरङ, साउन १६

मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले आईतबार साँझ लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय निमुवाबाट सवारी चेकजाँचमा खटिएको टोलीले धरान उप-महानगरपालिका धरान १५ बस्ने २० बर्षिय सङशुर राईलाई लागूऔषधसहित पक्राउ गरेको हो।

गाडीमा सवार राईलाई शंकालागी चेकजाँच गर्ने क्रममा प्रहरीले लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध ३५ थान लुपिजेसिक, ३५ थान एभिल, ३५ थान डाईजेल्याब र ६७ चक्कि एसपी फेला पारी बरामद गरेको हो ।

पक्राउ परेका उनीउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्