मौनता (कविता) – कृति अधिकारी

मौनता (कविता) – कृति अधिकारी

फूल सुन्दर हुन फूल्दैन
फूल्नकै लागि फूल्छ ।

आकाश पृथ्वीलाई खुशी पार्न खुल्दैन
खुल्न कै लागि खुल्छ ।

प्रकृति हो,
आफ्नो आफ्नो प्रबृत्ति हो ।

हुन त,
तिमीलाई फूल भन्दा कोपिला राम्रो लाग्दो हो
आकाश खुल्ला भन्दा अन्धकार राम्रो लाग्दो हो
मेरो बोली भन्दा तिमीलाई मौनता राम्रो लाग्दो हो
प्रवेशद्वार भन्दा तिमीलाई दिवार राम्रो लाग्दो हो ।

लागिराखोस् ।

तर तिमीलाई सुवास छर्न फूल फुल्ने छ पक्कै ।
मलिनतालाई ओझेल पार्न आकाश खुल्ने छ पक्कै ।

आशा बाहेक के नै पो गर्न सक्छु र अहिले,
मेरो मौनतामै खुशी हुने ति कानका पनि दिवार हट्ने छ,
मेरा शब्दहरुको लागि त्यहाँ कुनै दिन त पक्कै द्वार बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्