म कुन वादी ? – पुरुषोत्तम भण्डारी

म कुन वादी ? – पुरुषोत्तम भण्डारी

 

अलिकती बिरोध या समर्थन गर्नेबित्तिकै पगरी गुथाईदिइ हाल्छन , फलानो त त्यो वादी या यो वादी ! म त राम्रा काम गर्नेको समर्थन र नराम्रा काम गर्नेको बिरोध गर्ने हुनाले यो वा उ वादी भन्ने लाई जवाफ दिन चाहान्छु , म जुन जुन र जे जे वादी भए पनि हो तर " चम्चावादी / दासवादी / हनुमानवादी ......" चाहिँ पक्कै हैन !

जुन जमानामा कम्युनिस्टहरूले कम्मल ओढेर घिउ खान्थे (अहिले पनि खान्छन) म त्यो वादिमा नलागेर बि पि कोइरालाको कुरो सुनेर प्रजातान्त्रिक वादिको कित्तामा उभिएको थिएँ ! अहिले प्रजातन्त्र भनेकै " लम्पसार्वादी / नाकाबन्दिको बिरोधमा बोल्नै नसक्ने दासवादी र जे जे भन्यो त्यही त्यही मान्ने हनुमानवादी भन्ने प्रयोग भैरहेको देखेर बिरोध गर्ने एक " बिरोधिवादी " भएको हुँ या बोल्नेकुरो त ठिकै पो बोल्यो भनेर समर्थन गर्ने " समर्थनवादी" भैरहेको छु !

जिवनभरी , स्वतन्त्ररुपले , निर्भिकरुपले र न्यायिकरुपले , नडगमाईकन हिड्ने जुन सत्यको बाटो छ , हो म त्यही वादी !

अब भोट चाहिँ कसलाई हाल्नुहुन्छ , भन्नू त हामी थाहा पाईहाल्छौ नि तपाइँ कुन वादी भनेर जिज्ञासा राख्नेहरुकोलागी मेरो जवाफ हुन्छ , हात उठाएर भोट दिने हो भने कसैलाई भन्नै पर्दैन चिनिहाल्नु हुन्छ ! हैन गोप्य मतदानको कुरो गर्या हो भने , मैले लेखेको यहि स्ट्याटस भित्र जवाफ छ , फेरि पढ्नुस !

पुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्