यू– १९ नेपाली क्रिकेट टिमलाई ओलीले जनही १० हजार दिने

यू– १९ नेपाली क्रिकेट टिमलाई ओलीले जनही १० हजार दिने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मलेसियामा उत्कृष्ट प्रदर्शन गरेको यू– १९ नेपाली क्रिकेट टोलीलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यू– १९ नेपाली क्रिकेट टिम सम्मान कार्यक्रम’ मा अध्यक्ष ओलीले जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

“सीमित स्रोत र साधनका बाबजुत नेपाली क्रिकेट टिमले गरेको प्रदर्शन सम्मान गर्न लायक छ,” उनले भने, “म व्यक्तिगतरुपमा सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापक टिमलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गर्दछु ।”

ओलीले चुनावपछि बन्ने सरकारले खेल र खेलाडीको प्रबद्र्धनका लागि ठोस योजना ल्याउने बताए । “खेलमा सहभागी भएपछि नेपालको जित्ने बानी परेको छ,” उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्