यो वर्षको मनुसन सकियो

यो वर्षको मनुसन सकियो

यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

यसअघि सन् २०१३ मा पनि मनसुन २३ दिन नै लम्बिएको थियो । पोहोर भने २० दिन ढिला गरी सकिएको थियो । गएको बिहीबार सुदूरपश्चिमबाट बाहिरिएको मनसुन सोमबार बेलुका नेपालबाट हटेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी वायु हटेकाले अब पश्चिमी वायु सक्रिय हुन्छ ।

पश्चिमी वायुको प्रभावले अब चिसो बढ्ने र थोरै पानी पर्ने पर्छ । पहाडी क्षेत्रमा मंगलबार आशिंक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्