राजपाका वडाध्यक्ष उम्मेदवारको निधन

राजपाका वडाध्यक्ष उम्मेदवारको निधन

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको निधन भएको छ ।

साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित थिए । उनको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिए ।
यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानिय तह निर्वाचनका लागि उनले राजविराज नगरपालिका–१५ बाट राजपा नेपालका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
२०५४ सालमा साविकको देउरीभरुवा गाविसमा नेकपा एमालेको तर्फबाट उनी वडा अध्यक्ष निर्वाचित भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्