राष्ट्रिय एकताको लागि नेपालमा संवैधानिक राजसंस्था चाहिन्छ: लोहनी

राष्ट्रिय एकताको लागि नेपालमा संवैधानिक राजसंस्था चाहिन्छ: लोहनी

विराटनगर १ मंसिर । एकिकृत प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकताको लागि नेपालमा संवैधानिक राजसंस्था कायम हुनु पर्ने बताएका छन् ।
विराटनगरमा शुत्रबार आयोजित पत्रकार सम्मेलनमा डा. लोहनीले राज संस्था विना नेपालमा स्थायी शान्ति र मुलुकको समृद्धी असम्भव रहेकाले पनि नेपालमा राजसंस्था अनिवार्य रहेको बताएका छन् ।
डा. लोहनीले राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा बनाउन समेत माग गरे । उनले हिन्दु धर्मलाई राष्ट्रको पहिचानको रुपमा स्थापित गर्नु पर्नेमा समेत जोड दिए ।
डा. लोहनीले अहिले मुलुकको प्रमुख शत्रुका रुपमा भष्ट्राचार मौलाएको बताएका छन् । उनले नेपाल सरकारलाई समेत अहिलेको अवस्थामा भष्ट्राचारीले नियन्त्रणमा लिएको स्पष्ट पारे ।
भष्ट्राचार रोक्न सरकार लाग्नु पर्ने हो तर सरकारलाई अहिले भष्ट्राचारीहरुले नियन्त्रणमा लिएका छन् डा लोहनीले भने । भष्ट्राचारीहरुको जालोमा तीन ठुला पार्टी एमाले, माओवादी र नेपाली काग्रेसका नेताहरु भष्ट्राचारीको कमिसनमा हिस्सेदार रहेको डा. लोहनीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्