रियल मड्रिडले जित्यो ला लिगाको उपाधि

रियल मड्रिडले जित्यो ला लिगाको उपाधि

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको उपाधि स्पेनिस जाइन्ट रियल मड्रिडले जितेको छ । लिग अन्तर्गत सिजनको अन्तिम खेलमा आइतबार राति मालागालाई  २–० ले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो ।
मालागाको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन क्रिष्टियानो रोनाल्डो र करीम बेन्जिमाले समान एक एक गोल गरे । यो जितपछि रियल मड्रिडले बार्सिलोनालाई ३ अंकले पछि पार्दै ला लिगाको उपाधि जितेको हो । यस्तै रियल मड्रिडले  पाँच वर्षपछि ला लिगाको उपाधि जितेको हो । क्लब इतिहासको ३३ औं ला लिगा उपाधि जितेको रियलले पछिल्लो समय सन् २०१२ को सिजन ला लिगाको उपाधि जितेको थियो ।

मालागालाई उसैको मैदानमा पराजित गर्ने क्रममा रियलका लागि रोनाल्डोले दोस्रो मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । इस्कोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका थिए । पहिलो हाफमा १(०ले अघि रहेको रियलको लागि दोस्रो हाफको ५५ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको उपाधि पक्का गरे ।
यो जितसँगै च्याम्पियन रियल मड्रिडले ३८ खेलबाट ९० अंक जोड्न सफल भयो । रियलले उपाधि जित्ने क्रममा २९ जित, ६ बराबरी र ३ हार बेहोर्यो । दोश्रो स्थानमा रहेको बार्सिलोनाले ९० अंक जोड्न सफल भयो । पराजित मालागा ४६ अंक जोडेर लिगको ११ औं स्थानमा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्