लण्डन संसद बाहिर तनाव

लण्डन संसद बाहिर तनाव

मध्य लण्डनस्थित संसद् भवन बाहिर एकजना प्रहरी अधिकारीलाई धारिलो हतियार प्रहार गरेर आक्रमण गरिएको ब्रिटिश प्रहरीले बताएको छ। पोर्टकलिस हाउसको अगाडि गोली चलाइएको एकजना प्रहरी अधिकारीले बीबीसीलाई बताए। प्यालेस अफ वेस्टमिनिस्टरभित्र धारिलो हतियार बोकेका एकजना मानिसलाई देखेको प्रत्यक्षदर्शीले बताएका छन्।

ती क्षेत्रमा आवागमन निषेध गरिएको छ। संदिग्ध केही मानिस घाईते भएको बताइएको छ र घाइतेमध्ये एकजना प्रहरी र संदिग्ध आक्रमणकारी रहेको बताइएको छ।

एउटा गम्भीर घटनापछि एकजना सन्दिग्ध आक्रमणकारीलाई सशस्त्र प्रहरीले गोली हानेको सांसदहरुलाई जानकारी दिइएको थियो। सांसदहरुले 'तीन वा चार राउण्ड' गोली प्रहार भएको सुनेको बताएका थिए। इन्डिपेन्डेन्टका राजनीतिक सम्पादक टम पेकले ट्विटरमा लेखेका छन्, "ठूलो आवाज सुनियो। चिच्याहट। अन्योल। त्यसपछि गोलि चलेको आवाज। चारैतिर सशस्त्र प्रहरी छन्।

समाचार साभार : बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्