लागूऔषधसहित मोरङबाट २ जना पक्राउ

लागूऔषधसहित मोरङबाट २ जना पक्राउ

मोरङ, मंसिर ०५ . मोरङको सुन्दर-हरैचा नगरपालिका ९ स्थित बिराटचौकबाट सोमबार राती लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी बिराटचौकबाट खटिएको प्रहरीको टोलीले शंकालागी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा लागूऔषधसहित सुन्दर हरैचा नगरपालिका १० बस्ने २५ बर्षिय जिवन उराव र २३ बर्षिय संजिब उरावलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध डाईजेस २६ पिस, फेनारगन ५४ पिस बरामद गरेको छ उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्