लागूऔषधसहित युवक पक्राउ

लागूऔषधसहित युवक पक्राउ

मोरङ, असोज ८, मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी-४ बस्ने २२ बर्षिय ईश्वर थापा रहेका छन्। थापलाई इलाका प्रहरीबाट खटिएको प्रहरी टोलीले अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट शरिरको बिभिन्न भागमा लुकाई ल्याएको डाजेल्याप ११ एम्पुल, एभिल ११ एम्पुल, लुप्रिजेसिक ११ एम्पुल र फेनारगन ४४ एम्पुल बरामद गरेको छ।

बरामद लागूऔषधसहित थापालाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरहेको छ।

यता सुनसरीको धरान-११ बाट प्रहरीले बेवारिसे अबस्थामा झोलामा राखीएको एभिल-६० एम्पुल, डाईजोलोपाम-६० एम्पुल र लुपीजेसिक-६० एम्पुल बरामद गरेको छ। बरामद लागूऔषधबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्