लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न , ११३ पिन्ट रगत संकलन

लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न , ११३ पिन्ट रगत संकलन

भूमिका पाख्रिन, लेटाङ

लेटाङ पुस्तकालयको आयोजनामा लेटाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवसको अवसर पारी युथ फर ब्लड लेटाङ, लेटाङ जेसिज र लाइफलाइन अस्पताल सी.एम.एल.टी सातौ ब्याचका विद्यार्थीको सहकार्यमा आयोजित कार्यक्रममा ११३ पिन्ट रगत संकलन गरिएको थियो । रेडक्रस उपशाखा दमकको प्राविधिक सहयोग तथा गोदावरी हस्पिटल उर्लाबारीको मुख्य प्रायोजनमा भएको रक्तदान कार्यक्रममा विद्यार्थी, युवा, व्यवसायी लगायत म्यादी प्रहरीहरुले रक्तदान गरेका थिए । लेटाङ पुस्तकालय यस अघि पनि सामाजिक क्षेत्रमा रचनात्मक, सीर्जनशील कार्यक्रमहरु सम्पन्न गरेको र रक्तदानका कार्यक्रमलाई पनि आगामी दिनमा निरन्तरता दिने पुस्तकालयका संयोजक गणेश श्रेष्ठले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्