वर्षाका कारण अवरुद्ध भएको नेपाल र मलेसियाबीचको खेल सुरु

वर्षाका कारण अवरुद्ध भएको नेपाल र मलेसियाबीचको खेल सुरु

 एसीसी यु–१९ एसिया कप क्रिकेटमा वर्षाका कारण अवरुद्ध भएको नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ । पानी रोकिएसँगै खेल सुरु भएको हो ।

नेपालले टस जितेर पहिले बलिङ गरेको छ । वर्षाका कारण खेल २४ ओभरमा छोट्याइएको छ । सेमिफाइनल प्रवेश गर्नका लागि नेपालले आयोजक मलेसियालाई भारी अन्तरले पराजित गर्नुपर्ने हुन्छ । वायुमास ओभलमा नेपालले मलेसियासँग समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनुपर्ने भए पनि वर्षाका कारण खेल निकै ढिला सुरु भएको छ ।

एसिया कपको समूह ए मा रहेको नेपाल अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार जित हात पार्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । लगातार दुई खेलमा पराजित भएको मलेसिया पनि आज पहिलो जितको खोजिमा हुनेछ ।

समूह ए मा रहेको नेपाल एक खेलमा जित र एक खेलमा हार बेहोर्दै तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा जित हात पार्दै समूहको शीर्ष स्थानमा रहेको छ । नेट रनरेटको आधारमा भारत नेपाल भन्दा अघि रहँदै दोस्रो स्थानमा छ ।

बर्षाको कारण बंगलादेश र भारतको खेल पनि रोकिएको छ भने समूह बी को अन्तिम खेल अफगानिस्तान र युएईबीचको खेल पनि सुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्