विगत १३ वर्षदेखि घाँटीमा ठूलो ट्युमर, सडकमा मागेर गुजारा चलाउँदै चिनियाँ वृद्ध

विगत १३ वर्षदेखि घाँटीमा ठूलो ट्युमर, सडकमा मागेर गुजारा चलाउँदै चिनियाँ वृद्ध

विगत १३ वर्षदेखि ५५ वर्षीय एक वृद्धले घाँटीमा ठूलो ट्युमर ‘झुन्ड्याएर’ सडकमा माग्दै आफ्नो गुजारा चलाइरहेका छन् ।

चीनको जिलिन सहरमा बसोबास गर्ने लिउ झिहि नाम गरेका ती वृद्धको घाँटीमा ठूलो ट्युमर आएपछि बाटोमा माग्दै हिँडेका हुन् ।सन् २००४ मा पहिलोपटक ट्युमर देखिएपछि काम गर्न अप्ठ्यारो र दुखाइ बढेको उनले बताएका छन् ।

डेलीमेल अनलाइनकाअनुसार उनले वांग झिसियांग रिसोर्टमा दुखाइ कम गर्ने प्राकृतिक उपचार गराए । तर, उपचारकोक्रममा असामान्य खालका प्रतिकृयाहरु देखापरेपछि उनी चिन्तित बनेका छन् ।उनको घाँटी सामान्य मानिसको घाँटीभन्दा दुई गुणा ठूलो छ । उनी सामान्य जीवनमा फर्कन सकेका छैनन् ।

ती वृद्धको दुःख देखेर घुम्दै आएका एक बटुवाले उनको उपचार गरिदिन सहयोग गरेका थिए । तर, उनको घाँटीमा बढ्दै गरेको मोटो ट्युमरको उपचार गर्न धेरै महँगो लाग्ने भएकोले ती बटुवाले उनको उपचार गर्न सकेनन् ।चिकित्सककाअनुसार ट्युमरको शल्यक्रिया गर्न करिब एक लाख युआन अर्थात् १२ लाख बराबर नेपाली रुपैयाँ लाग्छ ।उनले सन् २००४ मै जिलिन सहरको स्थानीय चिकित्सकलाई भेटेको बताए । त्यतिबेला उनी मजदुरी काम गर्थे ।

ती स्थानीय चिकित्सकले क्यान्सर रोगीलाई गरिने उपचार पद्दति शरीरबाट पम्प गरी हर्मोन निकाल्ने हर्मोनथेरापी गरेका थिए । तर, थेरापीबाट उनको शरीरबाट छाला लोत्रिने र झन् ट्युमरको आकार बढ्ने समस्या देखियो ।

सुरुमा उनले आफूलाई गलगाँड आएको ठानेका थिए । जब उनी चेगंचुन जिल्ला अस्पताल पुगेर परीक्षण गरे, त्यसपछिमात्रै थाहा पाए, उनलाई ‘लिपोमा’ भन्ने रोग लागेको रहेछ ।डा. सान्द्रा लिकाअनुसार लिपोमा रोग भनेको छालामा नरम, बोसोयुक्त पदार्थ जमेर गाँठोजस्तो भएर बस्ने ट्युमर हो, जुन छाती, घाँटी, ढाँड र पाखुरामा देखापर्दछ । यस्तो प्रकारको ट्युमरबाट क्यान्सर नहुने र विस्तारै बढ्दै जान्छ ।

यो रोग सयमा एकजनालाई हुनसक्ने र बेलैमा उपचार गरे ठिक हुने अन्यथा ट्युमर बढ्दै गएपछि शरीरका अन्य अंगलाई पनि असर गर्दछ र उपचारमा जटिलता आउन सक्छ ।

उपचारमा धेरै रकम लाग्ने भएपछि उनले उपचार हुने आश मारेका थिए । तर, उनको नजिकैको स्यांगदोंग जिल्लाको रिझाओ सहरका वासिन्दाले सार्वजनिकरुपमा उनको उपचारको लागि रकम संकलन थालेका छन् । (एजेन्सी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्