‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू हुने

‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू हुने

काठमाडौँ । व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ ।

चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्न लागेको हो ।

अहिलेसम्म अनलाइन दर्ता भएका उद्योगका प्रमाणपत्र र कागजपत्र प्रमाणीकरण तथा हस्ताक्षर गर्दा प्रिन्ट गरेर सम्बन्धित सेवाग्राहीलाई प्रदान गर्ने गरेपनि विद्युतीय हस्ताक्षर सेवाको सुरुवातसँगै अनलाइनमार्फत नै हस्ताक्षर हुने व्यवस्था मिलेको विभागका प्रवक्ता दुर्गाप्रसाद भुषालले बताए ।
उनले भने, “विद्युतीय हस्ताक्षरको सुरुवातसँगै अनलाइनबाट भरेको फर्मलाई अनलाइनमार्फत नै स्वीकृति दिने हुँदा प्रिन्ट गरेर कर्मचारीको कोठा÷कोठामा चहार्ने कामको अब अन्त्य हुनेछ ।”

विद्युतीय हस्ताक्षरको प्रयोगसँगै उद्योग प्रशासनमा हुने जुनसुकै काम विद्युतीय हस्ताक्षरबाट गर्न मिल्ने प्रवक्ता भुषालले बताए ।
उद्योग विभाग र कम्पनी रजिष्टार कार्यालयमा विद्युतीय हस्ताक्षर प्रयोग गर्नका लागि बोलपत्र आह्वान समेत गरेको र यो कामको सुरुवात विद्युतीय हस्ताक्षरको मान्यताप्राप्त कम्पनी रेडियन्ट नेपाल संस्थाले गरिसकेको छ ।

विभागले सुरुमा २०० व्यक्तिलाई विद्युतीय हस्ताक्षर सेवा उपलब्ध गराउने र पछि आवश्यकतानुसार थप्दै लैजाने जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्