विराटनगरको आरोहण गुरुकुलमा काव्यारोहणको चौथो अनुक्रममा मोमिला

विराटनगरको आरोहण गुरुकुलमा काव्यारोहणको चौथो अनुक्रममा मोमिला

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको काव्यारोहण, आरोहण कविता यात्राको चौथो अनुक्रममा कवि मोमिला जोशी प्रस्तुत हुनुभएको छ ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको एकल कविता वाचन कार्यक्रममा कवि मोमिलाले आफ्ना दर्जन बढी कविता वाचन गर्नुभयो ।

कवि मोमिलाले नारी संवेदना, प्रेम, दर्शन आदी विषयमा लेखेका दर्जन बढि कविता प्रस्तुत गर्नुभयो । कवि मोमिलाको कविता सुन्न विराटनगरसहित काठमाडौं, धरान, इटहरीका साहित्यकार, विद्यार्थी, वुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो । हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहण, आरोहण कविता यात्रामा यसअघि आयामेली कवि बैरागी काइँला, वरिष्ठ कवि तुलसी दिवस र बम देवान प्रस्तुत भइसक्नुभएको छ । अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताउनुभयो । कविता सुनाइसकेपछि कवि मोमिलालाई आयोजकका तर्फबाट आरोहणका अध्यक्ष भैरव क्षेत्री र प्राध्यापक डा.सन्देशदास श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । नयाँ पुस्तालाई पुरानो पुस्तासँग परिचित गराउँदै कविताप्रति पाठकको आकर्षण बढाउन एकल कविता वाचन सुरु गरिएको अर्का कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्