विराटनगरको चुनावमा अर्को गठबन्धन : माओवादी केन्द्र र संघीय समाजवादी फोरम मिले

विराटनगरको चुनावमा अर्को गठबन्धन : माओवादी केन्द्र र संघीय समाजवादी फोरम मिले

बिराटनगर असार ४ , विराटनगरमा हिजो मात्रै नेकपा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल भएको समाचार बाहिरिए संगै फेरी अर्को नया गठबन्धन बनेको छ बिराटनगरको चुनाबमा  । विराटनगर महानगरपालिकाको चुनावमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल गरेर जाने सहमति भएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि दुई पार्टीबीच मिलेर चुनाव लड्ने सहमति बनेको छ ।

विराटनगर महानगरपालिकामा संघीय समाजवादी फोरमले मेयर र माओवादी केन्द्रले उपमेयर राखेर तालमेल गर्ने सहमति गरेका हुन् । संघीय समाजवादी फोरमले मेयरमा उमेश यादव र माओवादी केन्द्रले नमिता न्यौपानेलाई उपमेयरमा अघि सारेको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि तालमेल गरेर अघि बढ्ने सहमति बनेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोपी आछामीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्