विराटनगरको महेन्द्र मोरङ कलेजले जित्यो बिबिए कप

विराटनगरको महेन्द्र मोरङ कलेजले जित्यो बिबिए कप

विराटनगर साउन ३, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बिबिए पढाइ हुने कलेजहरु विच भएको बिबिए क्रिकेट कपमा विराटनगरको महेन्द्र मोरङ्ग कलेजले जीत हसिल गरेको छ । देशभरका १२ वटा बिबिए कलेजहरु यस प्रतियोगितमा सहभगी भएका थिए । आज भएको फाइनल म्याचमा महेन्द्र मोरङ भर्सेज प्राइम कलेजको किर्तिपुरको मैदनमा सम्पन्न भएको थियो । महेन्द्र मोरङ्गले टस जितेर बोलिङ गर्ने निर्णय लिएकोमा प्राइम कलेजले १६ ओभरमा १० विकेट गुमाएर ५३ रन बनायो । महेन्द्र मोरङबाट सुदिप निरौला , नबिन कार्कि, निरज राजवंशीले २ विकेट र आषिस थापाले १ विकेट लिए। महेन्द्र मोरङ्गले सजिलै ५४ रनको लक्ष्य भेट्न सफल भयो र ५ विकेटले जित हासिल गरेको सन्दिप राउतले जानकारी दिए  । ब्याटिङमा मोरङ्गका निरज राजवंशीले २४ रनको योगदान दिए । म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज मोरङ्गका निरज राजवंशी भए भने बेस्ट बलर भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्