“विराटनगरमा एतिहासिक विराट फुटसल कप गराउने तयारीमा छौ ” – सरोज लम्साल

“विराटनगरमा एतिहासिक विराट फुटसल कप गराउने तयारीमा छौ ” – सरोज लम्साल

हरेक बर्ष विराटनगरमा संचालन गर्दै आएको विराट फुटसल कपको दोस्रो सस्करण यसपाली पनि आयोजना हुने भएको छ । विराटनगरको रहेको ओवी मिडिया प्रालिले हरेक बर्ष आयोजना गर्दौ विराट फुटसल कप यसपाली पनि निरन्तरता दिने भएको छ । विराटनगरमा पुन दोस्रो संस्कणको विराट फुटसल कप २०७४ हुने भएको छ । आगामी भदौ ३० गते सुरु हुन लागेको विराट फुटसलकपको तयारी कस्तो भईरहेको छ ? लगायत अन्य विषयमा केन्द्रित रहेर आज हामीले विराट फुटसल कप २०७४ का ईभेन्ट कोअडिनेटर सरोज लम्साल सँग कुराकानी गरेका छौ , लम्साल सँगका छोटो कुराकानीको सार :

१)विराट फुटसलको तयारी कस्तो हुदैछ ?
हामीले अघिल्लो बर्षहरु झै यसपाली पनि विराट फुटसल कपलाई निरन्तरता दिदैछौ । खास गरी अहिले यसपालीको फुटसललाई कसरी भव्य रुपमा सम्पन्न पार्ने हो भनेर हाम्रो टिमले आ– आफ्नो ठाँउबाट तयारीमा जुटिरहेका छौँ । यसपालीको विराट फुटसल अन्य वर्षहरुका भन्दा फरक र भव्य रुपमा गर्न लागी परेका छौँ ।

२)खास गरी विराटनगरमा फुटसल खासै चर्चामा छैन , तर पनि तपाईहरुले किन गराउदै हुनुहुन्छ ?
हो बास्तवमा राम्रो प्रस्न गर्नुभयो तपाईले , विश्व भर फुटसल खेल चर्चामा छ । अझ नेपालमा पनि पछिल्लो समय विस्तारै विकसित हुदै आएको छ । त्यसैले विराटनगरमा फुटसललाई विकसित गराउनका लागी फुटसल गराउन लागिरहेका छौं ।

३)यस  प्रतियोगितामा कस्ले भाग लिन सक्छन् ?
यस प्रतियोगितामा बैंक, मिडिया हाउस, कलेज,अस्पताल,उद्योगीहरुको टिम रहनेछ । साथै प्रतियोगितामा सहभागि हुने विभिन्न संघसंस्थामा आवद्ध भएका कर्मचारीहरु हुने भएकोले उनीलाई मनोरञ्जन तथा शारीरिक रुपमा फिट बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

४)विजेता टिमलाई के को बेवस्था गर्नुभएको छ ?
प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ सहित टफि रहेको भने उपबिजेताले नगद २५ हजार रुपैयाँ रहेको छ । त्यसको साथै उत्कृष्ट खेलाडी, हरेक खेलको उत्कृष्ट खेलाडीहरुलाई ट्रफी रहेको छ ।

५)यसपालीको विराट फुटसलमा कति वटा टिम सहभागी गराउदै हुनुहुन्छ ?
यसपालीको टिममा हामीसँग गत बर्षको विजेता टिम मनमोहन पोलीटेक्नीक, उप विजेता मकालु टेलिभिजन, नेपाल एसवी आई बैक, एन आईसी एसिया, पिएलो लुब्रिकेट, नेपाल बङगलादेश बैंक , एम एम ग्रुप लगायतका १२ वटा टिमले सहभागिता जनाउदै छन् ।

६)तयारी त राम्रै गर्दै हुनुहुदो रहेछ खर्च पनि लाग्ला ,अनि कतिको फाइदाको अपेक्षा चाही गर्नुभएको छ नी ?
खर्च नहुने होइन हरेक खेलमा आ– आफ्नै तवरले खर्च हुन्छ , खर्च यति नै हुन्छ भन्ने यकिन चाही छैन अन्दाजी ३ देखि ४ लाख सम्म खर्च हुने अमनुमान गरिएको छ , अर्को कुरा हामीले फाईदा भन्दा पनि आपसी भाईचारा सम्बन्ध कायम गर्नको लागी हो ।

७)फुटसल हेर्न अन्य दर्शकहरुलाई पनि आउने रहर हुन्छ त्यसको लागी चाही उनीहरुलाई लाग्ने हो? 
खास गरी हामीले फुटसल खेललाई आम जनमानसमा चिनाउनको लागी हामीले आमदर्शकलाई निशुल्क हेर्नेको व्यावस्था गरेका छौ ।

८)अन्तमा केही भन्न चाहानुहुन्छ ?
सबै कुरा मैले अघि नै भनिसके छु । हामीले आगामी भदौ ३० गते देखि असोज ५ गते सम्म हुन लागेको विराट फुटसल कप २०१७ को लागी हामीले लगभग सबै तयारी जुटाई सकेका छौ । हामीलाई सहयोग गर्नुहुने स्पोन्सर,खेलाडी साथी टिम र हाम्रो टिमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

प्रस्तुतिः प्रेम देवान​, आवर विराटनगर डट नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्