विराटनगरमा एमालेको घरदैलो कार्यक्रम तिब्र

विराटनगरमा एमालेको घरदैलो कार्यक्रम तिब्र

नेकपा एमालेले विराटनगरका विभिन्न वडाहरुमा उम्मेदवारहरु सहित घरदैलो कार्यक्रम गरेको छ । सोहि क्रममा विराटनगर–५ स्थित चाँदनि चौकका एमालेले चुनावि आमसभा गरेको छ । आमसभालाइ सम्बोधन गर्दै एमालेका मेयरका उम्मेदवार विनोद ढकालले प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई बनाउने मुख्य एजेण्डा लिएको एमालेले आफ्नो जित भए यसमा पहल लिने बताउनुभयो । यस्तै तिनपैनिमा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै एमाले नेता सुरेन्द्र पाण्डेले देशलाई समृद्ध र विकसीत बनाउने अभियानमा लागेको नेकपा एमालेलाई विजयी गराइ आफ्नो भविष्य सुरक्षित बनाउन विराटनगरबासीलाई आग्रह गर्नुभयो ।  उहाँले स्थानीय तहमा एमालेको नेतृत्व भएमा निःशुल्क स्वास्थ्य, प्राविधिक शिक्षामा लगानि र सबै जनताका लागि आवासकोव्यवस्था गर्ने दाबी गर्नुभयो । यस्तै चुनावि सभामा बोल्दै एमाले र नेपाल लोकतान्त्रीक फोरम गठबन्धनकी उपमेयरकी उम्मेदवार सुचि चौधरीले नगरमा रहेको भ्रष्टारको अन्त्य गर्दै भ्रष्टाचार मुक्त महानगर बनाउने प्रतिद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्