विराटनगरमा थ्रि अन थ्रि बास्केटबल प्रतियाेगिता सम्पन्न

विराटनगरमा थ्रि अन थ्रि बास्केटबल प्रतियाेगिता सम्पन्न

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा एक दिने यु-१६ थ्री अन थ्री बास्केटबल प्रतियोगिता सम्पन्न भएकाे छ । उक्त प्रतियाेगितामा विराटनगर बास्केटबल एकेडेमीको ६ वटा टिम, ब्राइट फ्युचर उमावि विराटचाैकको ४ वटा, बुढानिलकण्ठ इङलिस बोर्डिङ स्कुल र कोशी विद्या मन्दिरकाे एक एक गरि जम्मा १२ पुरुष बास्केटबल टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईनल खेलमा विराटनगर बास्केटबल एकेडेमी 'ई'ले ब्राइट फ्युचर उमावि 'ए' लाइ १०-८ को अन्तरले पराजित गर्दै उपाधी हात पार्‍यो। प्रतियोगिताको उत्कृष्ट खेलाडी एकेडेमीका रवि चौधरी भए । यसै गरी प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष अनिल राईले प्रमाणपत्र तथा मेडल प्रदान गरे। उक्त प्रतियाेगिता बाल कल्याण विधा मन्दिरको बास्केटबल कोर्टमा अायाेजना भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्