विराटनगरलाइ सप्रेम (कविता) – ज्योति जंगल

विराटनगरलाइ सप्रेम (कविता) – ज्योति जंगल

 

मनको माया मेटाउदैमा मेट्न कैलै सकिदैन
धेरै याद आए तर सहिदिन्छु बताउदिनँ
सोध्दिन म तिमीलाई सञ्चै छौ कि कस्तो भयौ
भन्दिन म तिमीलाई सम्झियौ कि बिर्सिसक्यौ

साथी थियौ मन खोल्ने मीठो साथ समालेथेँ
दुखखुशी बिसाउने चौतारी झैं रमाएथेँ
एक्लोपनले कहिलेकाँही मुटु धेरै हल्लाउछ
पीडा जति भएपनि सहिदिन्छु सताउदिन

हिँड्दाहिँड्दै जिन्दगीले कति धेरै हिँडिदिन्छ
एउटै बाटो सधैँ कहाँ सयौं बाटो मोडिदिन्छ
कसले देख्छ अनुहारमा विछोड सधैँ देखिदैन
समयको गति यसै यात्रा बन्छ रोकिदैंन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्