विराट कोहली र अनुष्का शर्माको नयाँ तस्विर सामाजिक सञ्जालमा भाइरल

विराट कोहली र अनुष्का शर्माको नयाँ तस्विर सामाजिक सञ्जालमा भाइरल

भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले एक अर्काको आँखामा डुबेर हात समातेको नयाँ तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्विरमा विराट र अनुष्का एक अर्काको साथमा सुन्दर देखिएका छन् ।

विराट र अनुष्काको यो तस्विर एक फ्यान ग्रुपले सामाजिक सञ्जालमा सेयर गरेको थियो । सामाजिक सञ्जालमा आएसँगै उनीहरुका फ्यान यो तस्विरलाई रिट्वीट र लाईक गरिरहेका छन् । बलिउड लाइफका अनुसार भाइरल भइरहेको यो तस्विर एउटा विज्ञापनका दौरान कैद गरिएको हो ।

पहिले पहिले विराट–अनुष्का आफ्नो प्रेमलाई लुकाउँदै आएका थिए । तर अहिले उनीहरु दर्शकहरुलाई खुला रुपले आफ्नो प्रेम देखाइरहेका छन् । दुईवर्ष अघि उनीहरुले एक अर्काबाट अलग हुने निर्णय गरेका थिए । तर पछि समयसँगै दुई जनाबीचको असमझदारी समझदारीमा परिवर्तन हुँदै गयो । समय समयमा उनी एकसाथ समय व्यतित गरिरहेका भेटिन्थे ।
उनीहरुको तस्विर भाइरल भएको भने यो पहिलो पटक होइन । यसअघि विराट–अनुष्का ‘टे«डिसनल ड्रेस’ मा कैद केही तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । त्यो बेला उनीहरुले ‘इन्गेजमेन्ट’ गरेको खबर फैलिएको थियो । तर ती तस्विरहरु पनि एक बिज्ञापनका दौरान खिचिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्