विराट फुटसल कपकाे फाइनलमा युराे कलेज र एनअाइसी एशिया अाज भिड्ने

विराट फुटसल कपकाे फाइनलमा युराे कलेज र एनअाइसी एशिया अाज भिड्ने

अन्नपुर्ण सिमेन्ट विराट फुटसल कपकाे अाज हुने फाइनल खेलमा युराे कलेज विराटनगर र एनअाइसी एशिया बैंक उपाधीका लागि भिड्ने भएका छन् । गत भाद्र ३० गते देखि विराटनगरमा संचालन भइरहेकाे कर्पाेरेट फुटसल प्रतियाेगितामा हिजाे राती भएकाे दुइ सेमिफाइनल खेलकाे विजेता हुदै युराे कलेज र एनअाइसी एशिया फाइनल प्रवेश गरेका हुन् ।

बुधबार भएकाे पहिलाे सेमि फाइनलमा एनअाइसी एशियाले मकालु टेलिभिजनलाइ ६-५ गाेल अन्तरले जित्दै फाइनलकाे बाटाे तय गरेकाे हाे । उक्त खेलका म्यान अफ दि म्याच एनअाइसीका गाेल किपर निसब कार्की भए ।

यसै गरि दाेश्राे सेमिफाइनल खेल अन्तर्गत युराे कलेज विराटनगरले पिएलअाे लुब्रिकेन्ट्स विराटचाैककाे टिमलाइ पेनाल्टीमा ३-२ ले हराउँदै फाइनल प्रवेश गरेकाे हाे । खेलकाे निर्धारित समयमा दुबै टाेलीले समान ६-६ गाेल गरेपछि खेलकाे निर्णय पेनाल्टीबाट भएकाे हाे ।

अाज साँझ ६ बजे अन्नपुर्ण सिमेन्ट विराट फुटसल कपकाे समापन समाराेह तथा फाइनल खेल हिट एण्ड हैंग अाउट फुटसल मैदानमा हुने छ ।

अाेबी मिडिया प्रालिले अायाेजना गरिरहेकाे प्रतियाेगिताकाे फाइनलमा बिजयी हुने विजेताले उपाधी सहित ५० हजार रूपैया पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ट्रफिसहित रू २५ हजार प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्