विवेकशील–साझा एकता आज, ३४ जनाको केन्द्रीय समिति बन्ने

विवेकशील–साझा एकता आज, ३४ जनाको केन्द्रीय समिति बन्ने

काठमाडौं । केही वर्षअगाडि गठन भएको उज्वजल थापा अध्यक्ष रहेको विवेकशील नेपाली पार्टी र लामो समय पत्रकारिता गरी राजनीतिमा प्रवेश गरेका रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच आज एकीकरण हुँदैछ । एकीकरणपश्चात दुवै पार्टीका १७÷१७ गरी ३४ सदस्यीय केन्द्रीय समिति निर्माण हुने बताइएको छ । पार्टीको नाम ‘विवेकशील साझा’ पार्टी रहने छ ।

को–को छन् केन्द्रीय समितिमा ?
३४ सदस्यीय केन्द्रीय समितिमा रवीन्द्र मिश्र, उज्जवल थापा, अनुषा थापा, गोविन्दनारायण परियार, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहेका छन् । त्यस्तै अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओमप्रकाश अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ केन्द्रीय समितिमा अटाएका छन् ।

यसैगरी समितिमा दिनेश प्रसाईं, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रञ्जु न्यौपाने दर्शना, रमेश महर्जन, राम साह, रेशु अर्याल, शशीविक्रम साह, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, शोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका रहेका छन् । चार जना सदस्य पछि मनोनीत गरिने जानकारी दिइएको छ ।

विवेकशील साझा पार्टीको लोगो र चुनाव चिन्ह तराजु रहने बताइएको छ । यसैगरी दुवै दलबाट ४÷४ जना रहने संयोजन समिति बनाउने तय भएको छ । संयोजन समितिमा रवीन्द्र मिश्र, उज्ज्वल थापा, अनुषा थापा, गोविन्द नारायण, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौडेल र सूर्यराज आचार्य रहनेछन् ।

अबको अध्यक्ष को ?
एकीककरणपश्चात गर्ने संयुक्त अधिवेशनले थापा र मिश्रमध्ये को अध्यक्ष भन्ने निर्धारण गर्ने बताइएको छ तर अधिवेशन डेढ वर्ष पछिमात्रै  गर्ने आन्तरिक सहमति भएको छ । अहिले संयोजन थापा र मिश्र दुवैले गर्ने र बैठकको अध्यक्षता मिश्रले गर्ने सहमति भएको बताइएको छ ।

-बारखरीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्