व्यवस्थापिका संसद बैठक स्थगित, दिउँसो ३ बजेको लागि बोलाइयो

व्यवस्थापिका संसद बैठक स्थगित, दिउँसो ३ बजेको लागि बोलाइयो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण आज बस्न लागेको व्यवस्थापिका संसद्को बैठक पनि चल्न सकेन् । कार्यसूचीमा प्रवेश नगरी संसद बैठक स्थगन भएको छ ।

अर्को बैठक आज दिउँसो ३ बजेको लागि बोलाइएको छ । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले तेस्रो पटक पनि सदन अवरोध गरेको हो ।

विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यवाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेको लागि सभामुख ओनसरी घर्तीमगरले बोलाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्