शिवसतासीमा दुर्घटना, दुईको मृत्यु

शिवसतासीमा दुर्घटना, दुईको मृत्यु

झापा, जेठ ४ गते।
झापाको शिवसतासी नगरपालिका ११ प्रणामी मन्दिरस्थित राजमार्गमा बुधवार बसको ठक्करबाट मोटरसाईकमा सवार दुई जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेहरुमा मोटरसाईकल चालक झापा शिवसतासी नगरपालिका ८ बस्ने ३५ बर्षिय युवराज खरेल र पछाडी सवार २६ बर्षिया साबित्रा संग्रौला रहेका छन्।
पूर्व पश्चिम राजमार्गमा पूर्व जाँदै गरेको मे १ ख २५३३ नम्बरको बसले बिपरित दिसाबाट आउँदै गरेको मे ७ प ४४४२ नम्बरको मोटरसाईकलललाई ठक्कर दिदा सो दुर्घटना भएको थियो।
दुर्घटनामा परी घाईते दुबै जनाको उपचारकाको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
बस र चालकलाई प्रहरीको नियान्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्