श्रीमानले भन्दा बढी पैसा कमाउने महिला डिप्रेशनका सिकार !

श्रीमानले भन्दा बढी पैसा कमाउने महिला डिप्रेशनका सिकार !

अहिले महिला पनि पुरुषसरह काम गर्ने गर्छन् । उनीहरु पनि व्यापार व्यवसायमा अघि बढ्दै छन् । कैयौँ महिलाहरु सफल भइसकेका पनि छन् ।

यसै विषयमा भएको एक अध्ययनअनुसार श्रीमानभन्दा बढी कमाउने महिला डिप्रेशनको सिकार हुन सक्छन् । अमेरिकाको यूनिभर्सिटी अफ इङ्लिसका शोधकर्ताहरुका अनुसार परिवारको सबैभन्दा धेरै मद्दत कसले गरिरहेको छ, त्यो अनुसार नै उसलाई असर पर्न थाल्छ । अध्ययनमा पाइएको छ कि आफ्नो परिवारको अर्को मान्छेले भन्दा महिलाले धेरै पैसा कमाएमा उनीहरु बिस्तारै डिप्रेशनमा पर्न थाल्छन् । उनीहरुको भनाइ छ, जब महिलाहरुको आय बढ्दै जान्छ, तब उनीहरुको डिप्रेशन पनि बढ्दै जान्छ ।

शोधकर्ता करेन क्रामर तथा सुजिन पाकले यो पत्ता लगाएका छन् कि अर्को मान्छेमा भएको वृत्तिविकासमा पुरुषहरुको सकारात्मक सोचमात्र होइन, उनीहरुको जीवनमै सुधार आउँछ । यो अध्ययनमा १७६९ महिला र १४६३ पुरुष सामेल गराइएको थियो । उनीहरुको एकै साथ मनोविज्ञान तथा मानसिक जाँच गराइएको थियो ।

अध्ययनको रिपोर्टमा यो दाबी गरिएको छ कि यदि महिला उसको बच्चा तथा परिवारको लागि कार्यालयबाट बिदा लिएर बस्छिन् भने उनको सोच सकारात्मक हुन्छ, तर पुरुष त्यसरी बसेमा महिलाहरुको सोचाइमा नकारात्मक असर परिहाल्छ ।

उक्त अध्ययनबाट पत्ता लागेको छ कि कार्यालयमा काम गरेर घरमा पनि काम गर्ने दम्पत्तिमा भिन्नता पाइएको छ । जो पुरुष कार्यालयको काम छोडेर घरपरिवारलाई समय दिन्छन्, उनीहरुमा डिप्रेशन हुन्छ भने महिलाहरु आफ्नो परिवार तथा बच्चालाई समय दिँदा खुसी हुन्छन् । आजतकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्