श्रीलंकाली क्रिकेट टिमका कप्तान एञ्जेलो म्याथुजद्वारा कप्तान पदबाट राजीनामा

श्रीलंकाली क्रिकेट टिमका कप्तान एञ्जेलो म्याथुजद्वारा कप्तान पदबाट राजीनामा

श्रीलंकाली क्रिकेट टिमका कप्तान एञ्जेलो म्याथुजले कप्तान पदबाट राजीनामा दिएका छन् । म्याथुजले मंगलबारबाट सबै फर्म्याटको क्रिकेट कप्तानबाट राजीनामा दिएका हुन् ।

यसै साता जिम्बाबेसँगको एक दिवसीय सिरिज गुमाएपछि म्याथुजको राजीनामा आएको हो । श्रीलंका भ्रमणमा रहेको जिम्बाबेले पाँच खेलको सिरिज ३ – २ ले जितेको थियो । जिम्बाबेले श्रीलंकालाई पराजित गर्दै आठ वर्षपछि विदेशी भुमिमा पहिलोपटक सिरिज जितेको थियो ।

म्याथुजले श्रीलंकाबाट एक दिवसीयमा ९८ खेल , टेष्टमा ३४ र १२ टि – ट्वान्टी खेलमा कप्तानी गरेका थिए । म्याथुजको कप्तानीमा श्रीलंकाले पछिल्लो तीन वर्षको बिचमा उत्कृष्ट प्रदर्शन गर्न सकेको थियो । त्यसैले उनले नैतिकताको आधारमा राजीनामा गरेको बताईएको छ ।

म्याथुजले तीन वटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएपछि श्रीलंकाले टेष्ट टिमको कप्तानी दिनेश चण्डीमाललाई दिएको छ । यस्तै एक दिवसीय र टि – ट्वान्टी क्रिकेटको कप्तानको जिम्मेवारी उपुल थरंगाले पाएका छन् ।  थरंगा यसअघि उपकप्तान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्