श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्युहुनेको सङ्ख्या १०० नाघ्यो

श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्युहुनेको सङ्ख्या १०० नाघ्यो

कोलम्बो । श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्युहुनेको सङ्ख्या १०० पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि ९९ जना हराइरहेको र खोजी तथा उद्धारकार्य जारी रहेको जनाएको छ ।

गत बिहीबार आएको भीषण बर्षा पछिको बाढी पहिरोले अहिलेसम्म देशभरका विभिन्न ठाउँका दुई लाखभन्दा बढी मानिसलाई असर पारेको छ ।

जलवायु विभागले दक्षिण पश्चिमी टापु क्षेत्रमा शनिबार पनि वर्षा र हावाहुरीसहितको खराब मौसम जारी रहने जनाएको छ ।

 श्रीलङ्काको विदेश मन्त्रालयले पनि घटनास्थलमा आपत्कालिन उद्धार इकाइको तर्फबाट उद्धार तथा राहत व्यवस्थापनका लागि काम गरिरहेको छ ।

मन्त्रालयले पीडितलाई उद्धार तथा राहतका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय निकाय र छिमेकी मुलुकलाई पनि आग्रह गरेको छ । विषेश गरेर घटनास्थलमा खोजी तथा उद्धारका लागि सहयोग गर्न आह्वान गरिएको विदेश मन्त्रालयले जनाएको छ । रासस÷सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्