संघीय समाजवादी फोरम र राजपासंग चुनावी तालमेल हुन सक्छः गच्दार

संघीय समाजवादी फोरम र  राजपासंग चुनावी तालमेल हुन सक्छः गच्दार

विराटनगर १ मंसिर । उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं –२ मा नेपाली कांगे्रसले चुनावी तालमेलका लागी संघीय समाजवादी फोरम र राजपा नेपालसंग छलफल गरिरहेको बताउनु भएको छ ।
उहाले आगामी निर्वाचनमा दुुइ नम्वर प्रदेशमा तिनवटै पार्टि विच चुनावी तालमेलका गरेर उमेदवारलाई विजयी गराउनका लागी छलफल भइरहेकाले त्यस विषयमा चाडै सहमती हुने वताउनुुभयो ।
विराटनगर विमानस्थलमा आज पत्रकारसंग कुरा गर्दै उहाँले अन्य प्रदेशमा समेत लोकतान्त्रिक शक्तिलाई विजयी गराउन तिन पार्टि विच स्थानीय स्तरमा वार्ता भइरहको बताउनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले सरकारले सुरक्षाको सम्पूर्ण संयन्त्र प्रयोग गरी उम्मेदवाहरुलाई सुरक्षा मिलाएको समेत दावी गर्नभयो । उहाले निर्वाचन र उमेदवारको सुरक्षाका लागी सवै सुरक्षा सयन्त्र परिचालन गरेकाले निर्धक भएर निर्वाचनको प्रचार प्रसारमा जुटन दलहरुलाई आग्रह समेत गर्नुभयो ।
उहाँले आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षीत र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनैपनी कसर वाकि नराख्ने भन्दै ढुक भएर निर्वाचनमा सहभागी हुने सवैलाई आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्