संविधानको मर्म विपरित सरकार : पोखरेल

संविधानको मर्म विपरित सरकार : पोखरेल

विराटनगर, ८ असार । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकार संविधानको मर्म विपरित काम गर्न उद्त रहेको बताएका छन् । विहीबार विराटनगर विमानस्थलमा सँचारकर्मीसँग कुरा गर्दै पोख्रेलले निर्वाचन र संविधानको मर्मविपरित सरकारले निर्वाचनको मिति सारेको भन्दै त्यसको एमालेले विरोध गर्दै आएको बताए । उनेले दोस्रो चरणको निर्वाचन निर्धारित समयमै हुनुपर्छ भन्नेमा एमाले अडिग रहेका कारण उक्त मितिमा निर्वाचन हुने र एमालेले जीत्ने दावि गरे । पोखरेलले दुई नम्बर प्रदेशमा सरकारले निर्वाचन सारेर तेस्रो चरणमा पु¥याएको भन्दै जनताको भावना विपरित काम गरेको गुनासो गरे । त्यहाँका जनता भोट हालेर आप्mना प्रतिनिधि छान्न अतुर रहेको बेला आन्दोलनरत शक्ति राष्ट्यि जनता पाटिलाई निर्वाचनमा सहभागी गराउने नाममा चुनाव सार्नुु औचित्यपुुर्ण काम नभएको उनको भनाइ थियो । पोख्रेलले राजपाका नेताहरु लोकतन्त्रमा विश्वास गर्ने भएको हुँदा जनताको विचमा गएर मन जितेर आउन आग्रह समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्