सप्तरीमा चट्याङ लागेर एककको मृत्यु

सप्तरीमा चट्याङ लागेर एककको मृत्यु

सप्तरी, जेठ १२ गते
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ४ मा विहीबार अबिरल वर्षा सँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका ४० बर्षिय सुरेन मुखिया रहेका छन्। बेलुका ७ बजेतिर आफ्नै बारीमा रहेको झुपडीमा मकै रुङ्न बसेका मुखियालाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु बएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय भारदहबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।
यस्तै उदयपुरको त्रियुगा नगरपलिका-१४ बस्ने पहल मान भुजेलको घरमा चट्याङ पर्दा उनकै १६ बर्षिय छोरा धन बहादुर भुजेल समेत घाइते भएका छन्। उनको स्थानिय मेडिकलमा उपचार भइरहेको छ।
चट्याङले भुजेलको २ तले घर जलेर नष्ट भएको छ भने ३० वटा बाख्रा र १ वटा सगुर समेत मर्दा अन्दाजी ९ लाख बराबरको क्षति भएको प्रहरी चौकी साउनेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्