सायद यो एक मधेशीको मत बदर हुन्छ – सोनुकुमार दास

सायद यो एक मधेशीको मत बदर हुन्छ – सोनुकुमार दास

दोश्रो चरणको चुनाव नजिकिन थाल्यो । सेना परिचालन हुन्छ भनेर सरकार बाट बेर बेर संकेत समेत देखियो ।वैशाख ३१ हुने चुनाव दुइ चरणमा बिभाजन गरियो । पहिलो चरणको चुनाव पनि सक्यो र हेरे पनि । एमालकोे बाढि नै ओर्लियो भने काँग्रेसको झरि । उता रंजु दर्शना पनि दाबेदारी भइन् भने राप्रपालाई खडेरि लाग्यो ।

उमेरले सायद म बुद्धिजिवि न होला । तर अनुभविको आधारमा म आफुलाई बुृद्धिमान नै ठान्छु । म प्रदेश नं दुइ बाट प्रतिनिधित्व गर्छु । मलाई सप्तरीया भनेर भन्दा नि हुन्छ । हाल काठमाण्डौं केन्द्रित भएर काम गर्दै छु । आज भोलि मेरो मनमा एउटा गम्भिर प्रश्न उढछ । आखिर २० बर्ष पछि हुन गइरहेको स्थानिय चुनावमा कुन पार्टिलाई भोट हाल्नु ? एमाले , कांग्रेस , राप्रपा , राजपा वा अन्य दल । पत्रकारहरुका आधारमा राजपाले भन्छन् एमालेले गर्दा पछिल्लो सप्तरीको घटना सहित दर्जनौ मधेशी मारिए । एमालले संसदमै दावी गरी भन्छन् हामी सप्तरी बाट निस्किदा सप्तरीमा गोलि चल्यो । काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गर्छन् । आखिर कसलाई सहि मान्नु र कसलाई गलत ? सरकारले भन्छ एक थोक पार्टिले भन्छ अर्कै थोक । कुन पार्टिलाई भोट हाल्नु ? कुनै बेला त यस्तो लाग्छ हाम्रो देशमा सहि नेता छैनन् कि कसो ?
केपि ओलि सरकारको बेलामा एमाले र माओवादि सरकारमा थिए भने । खोइ के न मिल्दा , सोहि मोआवादि कांग्रेस संग प्रतिपक्षमा बसि तात्कालिन प्रधानमंत्री केपि ओलिलाई महाअभियोग लगाई ओलीलाई राजिनामाको बाटो देखाए । सो समयमा राम्रो को ? एमाले , कांग्रेस कि माओवादी ? पछि माओवादि कांग्रेस समझौता अनुरुप अहिले कांग्रेसको सरकार छ र एमाले प्रतिपक्ष । आखिर कुन पार्टी राम्रो । कसलाई भोट हाल्नु । देशको अवस्था यस्तो छ की एमाले सरकार हुँदा काग्रेस माओवादिले गल्ति कोट्याउने अनि माओवादि सरकार हुदा वा अन्य पार्टीको सरकार हुँदा अरुले गल्ति कोट्याउने । मिलेर बसने त सोचै छैन ।
उमेदवारमा जनता प्रति सकारात्मक सोच भइ आफनो गाँउ ठाउ सहित देशलाई विकासन्मुख गति तिर लिएर जाने सोच हुनु परो । जुन हुन्छने पनि तर ..... जित्ने वितिक्कै नेपाल होइन् गाँउलाई छोडेर जान्छन् । अनि महिना दुइ चोटि आउछन् । सोहि पार्टिबाट मात्र स्वागत सत्कार गरिन्छ र फेरी उहि ताल । यार कसलाई दिनु भोट ?

अन्तयमा भन्न चाहन्छु सायद यो पालि मैले हालेको मत बदर हुन्छ कि जस्तो डर लागेछ ।

—मुस्कान सहितको सेवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्