सिएको नतिजामा विराटनगरबाट बोर्डमा !!

सिएको नतिजामा विराटनगरबाट बोर्डमा !!

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको जुन महीनामा संचालन भएको सि.ए.कोर्षको परिक्षाको नतीजा प्रकाशन भएको छ उक्त परिक्षामा विराटनगर साखा कार्यालय बाट रजिष्ट्रेशन गरी मुनालपथ विराटनगर ( २ स्थित पूर्वाञ्चलकै एक मात्र संवन्धन प्राप्त संस्था मेरील्याण्ड एप्लाइड करियर एकेडेमीमा अन्ययनरत विद्यार्थीहरु मध्ये पहीलो तह क्याप वान तर्फ ८२५ अंकका साथ नेपालभरीबाटै दोश्रो स्थानमा अंकीत राय र ८०५ अंक सहीत छैठौं स्थानमा सुजता महत पर्न सफल भएका छन् साथै ५ जना विशिष्ठ श्रेणी सहित जम्मा २२ जना विद्यार्थी उत्रीण भएका छन् त्यस्तै गरी दोश्रो तह क्याप टुमा ५ जना विद्यार्थी दुबै समुह उत्रिण भएका छन भने ४ जना विद्यार्थीले एउटा समुह उत्रिण गर्न सफल भएका छन् ।
छोटो समयमानै यस संस्थाले पूर्वाञ्चलमा सिए कोर्षको पठनपाठनलाई राम्रो उचाइमा लान सफल भएको र अव वास्तवमै सिए अध्ययनको लागी काठमाण्डौ अथवा विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको अभिभावकहरुले महसुस गर्न सक्ने अवस्थामा पुगेका बताउनु हन्छ संस्थाका अध्यक्ष मोहन कुमार सुवेदी । हाल संस्थामा नियमीत रुपमा ८ जना चार्टर्ड एकाउन्टेन्टहरु सहीत अन्य विषयगत दक्ष शिक्षकहरुबाट अध्यापन गराइएको र संस्थाले आफै तयार पारेका तथा बाहिर बाट प्रसस्त मात्रामा अध्ययन शैक्षीक सामाग्री ल्याइएकोले विद्यार्थीलाई पटनपाठनमा कुनै समस्या नभएको बताउनु हुन्छ संस्थाका कार्यक्रम संयोजक सि.ए. किन्जल पोखरेल ।
संयोजक पोखरेलका अनुसार हाल मेरील्याण्ड एप्लाईड करियर एकेडेमीमा क्याप वान तर्फ ६० जना र क्याप टु तर्फ ३२ जना विद्यार्थी अध्ययनरत छन भने अव १२ को नतीजा पस्चात ४० जना क्याप वानमा भर्ना लिने लक्ष रहेको छ ।
२०७५ साल असार पश्चात भर्ना भई बिदेशी बोर्डबाट सिए पास गरेर आउनेले नेपालमा रोजगारीमा मात्र समाबेश हुन पाउने तर लेखापरीक्षण लाईसेन्स नपाउने ब्यवस्था यस क्षेत्रको नियमनकारी संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले गरेकोले तथा नेपालमा सिएकोर्षको दोस्रो तहसम्म पासगर्नेलाई बेलायत तथा अष्ट्रेलियामा क्रेडिट ट्रान्सफर भई त्यार्हाको फाईनल तह पढ्न पाउने ब्यवस्थाका साथै त्यहांको अडिट लाईसेन्स समेत पाउने गरी नेपालले ती देशहरुसंग दुईपक्षिय सम्झौता गरेकोले नेपालमानै सिए अध्ययन गर्नेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको आईक्यानका एनएफआरएस कार्यान्वयन समितिका सदस्य सिए अश्विनी बंसलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्