सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी

सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ ।

विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै आएको पसलबाट २६ तोला सुन, आधा किलो चाँदी र रु एक लाख लुटिएको भन्दै खोजीका लागि प्रहरीसमक्ष उजुरी दिएका छन् । श्रीमती बिरामी भएपछि उपचारका लागि गत साउन ३१ गतेदेखि पसल बन्द गरी काठमाडौँ गएका गहतराजले सोमबार पसल खोल्ने क्रममा चोरी भएको थाहा पाएपछि संलग्नको खोजी गरिदिन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

प्रहरीले सुनचाँदी पसलमा चोरी भएको जानकारी पाएलगत्तै शंकास्पद व्यक्तिको खोजी शुरु गरेको छ । लामो समयसम्म पसल भन्द भएकाले कुन दिन चोरी भएको समेत यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्णबहादुर विष्टले बताए ।

समुद्रटारस्थित तिलकमान डंगोलका घरमा सञ्चालनमा रहेको पसल साउन ३१ देखि आजसम्म बन्द रहेको छ ।  ढोकाको छेस्किनी मात्र खोलेर चोरी भएकाले संलग्नको पहिचानमा कठिन भएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्