सूचनाको हक निबन्ध प्रतियोगितामा बिराटनगरका राजु प्रथम भइ पुरस्कृत

सूचनाको हक निबन्ध प्रतियोगितामा बिराटनगरका राजु प्रथम भइ पुरस्कृत

सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा निबन्ध प्रतियोगितामा बिराटनगरका सूचना अभियन्ता राजु श्रेष्ठ प्रथम भइ पुरस्कृत  भएका छन् । उनि बिगत लामो समय देखि सूचनाको हक अभियानमा सक्रिय छन्। प्रथम हुने राजु श्रेष्ठ, द्वितीय हुने राकेशप्रसाद चौधरी र तृतीय हुने भावना पौडेललाई पुरस्कार प्रदान गरिएको छ  ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्छ र राज्य बलियो हुने बताइन्।

कार्यक्रममा  सूचना अधिकारीतर्फ वासुदेव नाथ (प्रथम), स्थानेश्वर सापकोटा (द्वितीय) र सम्झना सुवेदी (तृतीय) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमश जनही रु २५ हजार, १५ हजार र १० हजार रहेको छ ।

आयोगले आयोगका कर्मचारी लक्ष्मी जोशी (उपसचिव) र चन्द्रप्रसाद अधिकारी (कानून अधिकृत) लाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु ११ हजार १११ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्