हरियाणाकी गायिका हर्षिता दहियाको गोली हानी हत्या

हरियाणाकी गायिका हर्षिता दहियाको गोली हानी हत्या

काठमाडौं । हरियाणामा स्टेज शोका लागि चर्चित गायिका तथा नृत्यांगना हर्षिता दहियाको हत्या भएको छ । पानीपतको इसराना भन्ने स्थानमा अज्ञात समूहले उनको गोली हानी हत्या गरेको हो ।
इसरानाको चमराडा गाउँमा आयोजित एक कार्यक्रममा सहभागि भएर फर्किने क्रममा गायिका हर्षिकाको अज्ञात समूहले प्रहार गरेको गोली लागेर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय प्रहरीका अनुसार उनलाई नजिकैबाट चार गोली हानिएको थियो ।
हर्षिका सवार कारमा रहेका अन्य व्यक्तिहरु सकुशल रहेका छन् । हत्यारा समूहले गायिका हर्षिकालाई मात्रै लक्षित गरेर गोली चलाएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्