“हामी बिद्यार्थी अस्ट्रेलिया पठाउने मात्रै हैन, गएकालाई साहयता पनि गर्छौं” – बिश्वेस रिजाल

“हामी बिद्यार्थी अस्ट्रेलिया पठाउने मात्रै हैन, गएकालाई साहयता पनि गर्छौं” – बिश्वेस रिजाल

 

अस्ट्रेलियामा ९ बर्ष अध्ययन गरेर फर्किएका बिराटनगरका युवा बिश्वेस रिजालले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहाने बिद्यार्थीहरुलाई लक्षित गरि त्यहाको शिक्षण पद्दती तथा त्याहाँ पढाई हुने बिभिन्न बिषयका बारेमा पुर्ण जानकारी तथा साहयताका प्रदान गर्न  "ग्राजुएट कोच" नामक अष्ट्रेलियन कन्सलटेन्सी संचालन गरिरहेका छन् l  आफ्नो ९ बर्षको अष्ट्रेलिया  अध्ययन र बसाईको अनुभबलाई नेपालबाट उच्च शिक्षामा जान चाहाने बिध्यार्थीलाई जानकारी दिन उक्त सस्था खोलेको उनी बताउछन l केहि महिना अघि मात्रै बिराटनगरको ट्राफिक चोकमा संचालनमा आएको ग्राजुएट कोचका निर्देशक बिश्वेस रिजालसंग आवर बिराटनगरका बिबेक दाहालले गरेको कुराकानी :

मैले अस्ट्रेलियाको ईन्टरनेश्नल कलेज अफ म्यानेजमेन्ट सिड्निमा भ्यालुएसन एन्ड प्रोपर्टी म्यानेजमेन्टमा ब्याचलर तथा बन्ड युनिभरसिटिमा कन्सट्रक्सन प्राक्टिसमा मास्टर पढेको हो , अस्ट्रेलियामा नै राम्रो जागिर खाएर आरामले बस्न सक्थे होला , तर मलाई आफ्नै ठाउँमा केहि गर्नुपर्छ जस्तो लागेर फर्किए l

ग्राडुएट कोच म र मेरो अस्ट्रेलियन साथी मार्क हेन्ली मिलेर खोलेको सस्था हो l नेपालको शैक्षिक क्षेत्रमा केहि योगदान दिनको निम्ती खोलिएको सस्था हो यो l हामी अहिले आइएलटिएस्को कक्षा संचालन गर्दै आएका छौ l अस्ट्रेलिया जान चाहने बिद्यार्थीहरुको लागि हामीले शैक्षिक परामर्श दिदै आएका छौ l

हामी फरक छौ किनभने म स्वयम् अस्ट्रेलियामा ९ बर्ष बसेर आएको हो , मलाई अस्ट्रेलियाको कलेज , कानुनी प्रक्रिया , सामाजिक परिवेश आदिको बारेमा जानकारी छ जसले गर्दा हाम्रो संस्थाबाट अष्ट्रेलिया जाने बिद्यार्थी जो अस्ट्रेलिया जान चाहन्छन उनीहरुलाई राम्रो र यथार्थ जानकारी दिन सक्छु  साथै मेरो बिजेनेस पार्टनर मार्क पनि अस्ट्रेलिया मै बस्नुहुन्छ र त्यँहाको रोजगारी परामर्शदाता पनि भएको कारण मैले यहाँबाट पठाएको बिद्यार्थीलाई केहि गाह्रो परे हामी पढाइ ,रोजगारी साथै अन्य कुरामा मद्दत गर्न सक्छौ l हामी बिद्यार्थी पठाउने मात्रै काम भन्दा नी उनीहरुको भबिष्यको पनि चिन्ता गर्छौं l

 कस्ता कस्ता कोर्षको लागि बढी बिद्यार्थी आउने गर्छन ग्राडुएट कोचमा ?

अस्ट्रेलियामा नर्सहरुको माग एकदम बढी छ , त्यसैले नर्सिङ लगायतका प्राबिधिक बिषय पढ्न जान चाहने बिधार्थी बढी आउने गरेका छन् l हामीले सस्तो र राम्रो विश्वविद्यालय छानेर नर्सिङ , होटेल म्यानेजमेन्ट , इन्जीनियरिङ, म्यानेजमेन्ट, कृषी लगायतका बिभिन्न कोर्षको लागि बिद्यार्थीलाई परामर्श दिने गरेका छौ l

हामी अरुले के गर्छन भन्न सक्दैनौ वा भनौ तुलना पनि गर्दौनौ , होलान संसारमा सबै मानिस राम्रै मात्रै हुन्छन भन्ने छैन l त्यसैले होला ठगेर नी केहि बिधार्थी पठाए होला तर त्यसरी कन्सल्टेन्सी कति दिन टिक्छ होला र ? हामी बिराटनगरमा १ वा २ महिना को लागि मात्रै आएका होईनौ त्यसैले हामी जे साचो छ त्यहि परामर्श दिने गर्छौं  l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्