८६ लाख सहित चिठ्ठा पर्याे भन्दै ठगी गर्ने सेठिया लगायतकाे गिरोह पक्राउ, [सार्वजनिक गरेकाे भिडियाेसहित]

८६ लाख सहित चिठ्ठा पर्याे भन्दै ठगी गर्ने सेठिया लगायतकाे गिरोह पक्राउ, [सार्वजनिक गरेकाे भिडियाेसहित]

प्रेम देवान
विराटनगर, १ मंसिर । भाइबर र कन बनेगा करोडपतीको जस्ता खेलबाट चिठ्ठा परेको छ भन्दै सर्वसाधरणबाट लाखौं रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीको विशेष अनुसन्धान टोलीले सर्वसाधरणलाई ठगी गर्ने ६ जना गिरोहलाई विराटनगरबाट पक्राउ गरेको छ ।
लामो समयदेखि अवैध रुपमा हुण्डीको समेत कारोबार गदैै आएका विराटनगर ७ का ५५ वर्षीय अनुपचन्द सेठियालाई बिहीबार साँझ ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सेठियासहित पक्राउ परको अन्य पाँच जनालाई पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजानिक गरेको छ । गोप्य सूचनाको आधारमा मोरङ प्रहरीले ठगीमा संलग्न सेठियाका भतिजा ४० वर्षीय ललित, उनका सहयोगी सुनसरी दुहवीका २९ वर्षीय बलराम बिश्वास, विराटनगरका ४३ वर्षीय बिमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह र भारतीय नागरिक ३७ वर्षीय पंकज कर्णलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङमा ठगी मुद्दामा ७ दिनको म्याद थप गरिसकेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले उनीहरुबाट बरामद भएको रकमको स्रोत नखुले अन्य मुद्दा पनि दर्ता गरिने जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट भारतमा रकम पठाएको विभिन्न कागजपत्रसमेत फेला पारेको छ । मोरङ प्रहरीले एक महिना अघि विराटनगरको रानीबाट भाइबरमार्फत फोन गरि चिठ्ठा परेको छ भन्दै ठगी गर्ने ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका ती पनि यही समूहको हुनसक्ने प्रहरीले बताइएको छ ।
प्रहरीले सेठियाको अफिसबाट भारतीय एक हजार रुपैयाँ, चाँदीको टुक्रा ४ थान, चाँदीको सिक्का २ थान र ६ थान मोवाइलसमेत बरामद गरेको छ ।
मोरङ प्रहरीले बराममद गरेको रकम लगायत ठगीमा संग्लन ६ जना गिरोहलाई शुत्रबार पत्रकार सम्मेलन गरी जानकारी दिदै ।
तस्वीर: प्रेम देवान आवर विराटनगर डट नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्