८ भाद्र २०७६, आईतवार

रहेनन् कृष्णभूषण बल

वरिष्ठ कवि तथा प्राज्ञ कृष्णभूषण बलको ६५ वर्षको उमेरमा आज राति पौने ८ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको छ ।
गत शुक्रबार बिहान अचानक बेहोस भएपछि उपचारका लागि उहा“लाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । वाणी प्रकाशनका अध्यक्षसमेत रहनुभएका बल विरानटगर–१३ स्थित आफ्नै निवासमा बिरामी पर्नुभएको थियो । अवस्था गम्भीर भएपछि उहा“लाई सघन उपचार कक्षमा राखेर उपचार गराई राखिएको थियो । उच्च रक्तचापका कारण उहा“को निधन भएको हो । कवि बलका “भोलि बास्ने बिहान” कविता संग्रह र “दाजै तिम्रो हात चाहिन्छ” नामक चर्चित गीतिसंग्रह प्रकाशित छन् । उहा“ राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौं पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुन्थ्यो । उहाको निधनले साहित्य क्षेत्र शोकमा डुबेको छ । बलका श्रीमतीसहित एक छोरा र एक छोरी हुनुहुन्छ । स्वर्गीय बलको शव भोली बिहान १० बजे श्रद्धाञ्जलीका लागि बिराटनगर १० स्थित आरोहण गुरुकुलमा राखिने आरोहणका महासचिव विवश पोखरेलले जानकारी दिनुभयो । श्रद्धाञ्जलीपछि भोली नै उहाको स्थानीय परोपकारघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।


 

तस्विर सभार: भिम घिमिरे र बन्धु पोखरेल

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस