७ श्रावण २०७६, मंगलवार

श्याम कार्कीको एल्वम सार्वजनिक

बिराटनगर : गायक तथा मोडेल श्याम कार्कीको एल्वम ट्वान्टी सिक्सटिनमा समावेश तिम्रो मायाले बाधेर राख गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो रिलिजसँगै चर्चामा छ । कार्कीको एल्वम द रिवृल क्रियशनले बजारमा ल्याएको हो भने भिडियो लाई बारकोड प्रोडक्सन्ले बजार मा ल्याएको छ।गीतमा बिराट कडेरियाको संगीत र रबि मल्लको शब्द रहेको छ । सतिश श्रेष्ठको निर्देशन सम्पादन रहेको भिडियो छायाङ्कन भने सतिज श्रेष्ठ अनिल मानन्धर र उमङ्ग शाहीले गरेका हुन् भिडियो मा आश्मा गिरि को उत्कृस्ट अभिनय देख्न सकिन्छ। ।

गायक कार्की को यो भन्दा अगाडि सकिन यो मन लाई ढाट्न बोल्को गित चर्चा मा थियो। एल्बममार्फत गायन क्षेत्रमा आउनु अगावै मोडलिङमा छाइसकेका छन् । उनले पहिलो मोडलको रुपमा विवेक सिटौलाको “पागलसरी” गीतमा अभिनय गरेका थिए । त्यसलगतै उदित नारायणले आवाज तथा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतबद्ध गरेको सर्माएर लजाएर बोलको गीतमा र नायक आर्यन सिग्देलसंग पर्दा बाडी सकेको साथै माइतीघर चलचित्रको “नमान लाज यसरी“ बोलको गीतमा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अभिनय गरिसकेका छन् । “तिम्रो मायाले बाधेर राख” को भिडियो तल हेर्नु होला :

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस