८ भाद्र २०७६, आईतवार

२१औ संस्करणको जेसीज टेष्टि-टेष्टी हाजीरीजवाफ सुरु

jci1विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा माघ २ गते आईतवार बाट सुरु भएको छ।
 पुर्वांचल अनि आसपास क्षेत्रका कुल ३६ वटा विधालय वीच सो प्रतियोगीताको  उदघाटन प्रायोजक काव्ररा गुप्रका निर्देशक नवल किशोर कावरा ज्युले गर्नु भएको थियो।
विराटनगर जेसीजका अध्यक्ष भगवती कालीकोटे, नेपाल जेसीज रा. का. का. उपाध्यक्ष कैलाश खाकी श्रेष्ठ लगायतको उपस्थिती थियो भने सो प्रतियोगीताको पहिलो दिनको खेल डा. सन्देश दाश श्रेष्ठ ज्यु र सन्दीप दाश श्रेष्ठ ज्युले
संचालन गर्नु भएको थियो।
पहिलो दिनको पहिलो खेलमा शिर्ष दुई टिम जेम्स स्कुल र पोलस्टार स्कुल, विराटनगर र दोश्रो खेलमा मार्टस मेमोरियल  स्कुल र सगरमाथा बोर्डींग दोश्रो सेमिफाईनलमा प्रवेश गरेको छ।
भोली दोश्रो दिनको क्वाटर फाईनल अन्तर्गतका खेलहरु संचालन हुने छ।
निकै भव्य कार्यक्रम विच संचालन भएको यो प्रतियोगीता नेपालमै यतिका लामो र निरन्तर रुपमा हाजीरीजवाफ प्रतियोगीताको इतिहास नभएको यसपटक अझै एतिहासीक र भव्य वनाउने क्रममा यसपटकबाट नगद पुरस्कारको पनि व्यवस्था गरिएको जानकारी जुनियर जेसीज अध्यक्ष अभिनास थापाले दिनुभएको छ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस