दुईदिने शैक्षिक मेला शुरु

विराटनगर १४ माघ । पूर्वाञ्चल विश्वविद्यालयको आयोजनामा शुत्रबारदेखि विराटनगरमा दुईदिने शैक्षिक मेला शुरु भएको छ । विराटनगर–९ स्थित आदर्श उच्च माध्यमिक विद्यालय परिसरमा शुरु भएको मेला पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर घनश्यामलाल दासले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै उपकुलपति प्रा. डा. घनश्यामलाल दासले पछिल्लो समय पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेका विभिन्न संकायका शैक्षिक कार्यक्रमहरुले सफलता हासिल गर्दै आएको बताउनुभयो । यस्तै हिसान मोरङका अध्यक्ष बलराम पन्तले भारतका गुणस्तरहीन कलेजहरुले नेपालमा आएर विज्ञापनकै भरमा विद्यार्थीहरु लैजाने गरेको भन्दै यसप्रकारको शैक्षिक मेलाले विद्यार्थी र अभिभावक लाभान्वित हुने बताउनुभयो । मेलामा ३१ वटा शैक्षिक स्टलहरु राखिएका छन् ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस