भानु स्कुलमा विज्ञान प्रदर्शनी

विराटनगर १४ माघ । विराटनगरस्थित भानु मेमोरीयल स्कुलले विज्ञान प्रदर्शनीको आयोजना गरेको छ । विराटनगर १४ स्थित स्कुल परिसरमा आयोजना गरिएको प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका ४० बढी विद्यार्थीले सहभागिता जनाएका छन । प्रदर्शनीमा विद्यार्थीहरुले हाइड्रोलिक ब्रेक,मनी प्रिन्टर,भ्याकुम क्लिनर,हाइड्रोलिक एलिभेटर,भोल्केनो लगायतका मेशिन निर्माण गरेर प्रदर्शन गरेका छन । विद्यार्थीहरुमा विज्ञानप्रतिको झुकाव बढाउन र श्रीजनशिलताको विकास गर्न प्रदर्शनीको अयोजना गरिएको स्कुलका विज्ञान शिक्षक मोहन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताबाट उक्तकृष्ट छनौट हुने ग्रूप र विद्यार्थीलाई पुरस्कृत गरिने स्कुलले जनाएको छ ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस