२७ आश्विन २०७६, सोमबार

भानुमा विविध कार्यक्रम

विराटनगर १४ माघ । विराटनगरस्थित भानु मेमोरियल उच्च माध्यमिक विद्यालयले स्थापनाको १२ औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । विद्यालयले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विद्यालयको वार्षिक उत्षवको अवसरमा १५, १६ गने दुई दिन विभिन्न कार्यक्रमको जनाएको हो । वार्षिकउत्षवको अवसरमा विद्यालयले उच्च माध्यमिक विद्यालयमा आवद्ध शिक्षकमध्ये त्रिभुवन विश्व विदालयमा प्राध्यापक तथा उपप्राध्यापक पदमा पदोन्नति भएका, विद्यावारिधि हासिल गरेका साथै राम्रो नतिजा ल्याएर उत्तिर्ण गर्ने विद्यार्थी र भानु कलेजबाटै पास भएर विभिन्न क्षेत्रमा नाम कमाएर र सेवा पुर्याइरहेका विद्यार्थीहरुलाइ समेत सम्मान गर्ने जनाइएको छ । साथै विद्यालयले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताहरुमा विजयी भएका विद्यार्थीलाइ पुरस्कार समेत वितरण गरिने जनाइएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस