विराटनगर  १६ साउन । कोकाकोला अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगिताको सत्यनारायण माविले जितेको छ ।
मोरङ फुटबल संघले प्रतियोगितालाई मोरङको दुई क्षेत्रमा विभाजन गरेर आयोजना गरेको खेलमा विराटनगर ‘क’ को उपाधी सत्यनारण माविले जितेको छ । यसअघि नै पथरी ‘ख’ क्षेत्रको उपाधी भानुभक्त मेमोरियल बोडिङ स्कुलले जितेको छ । बुधबार भानु र सत्यनारायण माविबीच जिल्या च्याम्पियनका लागि फाइनल खेल्ने छन् ।  प्रतियोगिता अन्तर्गत सोमबार विराटनगरमा भएको खेलमा सत्यनारायणले सगरमाथा बोडिङ स्कुललाई टाइब्रेकरमा ३–२ गोलमा पराजित गर्दै ‘क’ क्षेत्रको उपाधी जितेको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच सत्यनारायणका गोलरक्षक बलिराम पासवान भए । उनले नगद ११ सय र मेडल पाए ।

प्रतिक्रिया लेख्नुहोस